Kathmandu Press

१५ मिनेटमा ३ गोल खाएपछि फियनूर्डसँग रोकियो सिटी

मंगलबार राति भएको च्याम्पियन्स लिगको खेलमा सिटी १५ मिनेटमा ३ गोल खाएपछि फियनूर्डसँग ३–३ गोलको बराबरीमा रोकियो।
१५ मिनेटमा ३ गोल खाएपछि फियनूर्डसँग रोकियो सिटी

काठमाडाैं, मंसिर १२ : इंग्लिस क्लब म्यान्चेस्टर सिटी अहिले खराब लयबाट गुज्रिरहेको छ। मुख्य प्रशिक्षक पेप ग्वार्डिओलको प्रशिक्षणमा लागतार ५ खेल हारेको सिटी छैटौं खेलमा पनि बराबरीमा रोकिएको छ।

मंगलबार राति भएको च्याम्पियन्स लिगको खेलमा सिटी १५ मिनेटमा ३ गोल खाएपछि फियनूर्डसँग ३–३ गोलको बराबरीमा रोकियो।

खेलमा सिटीका लागि अर्लिङ हालान्डले २ गोल गरे भने इल्के गुन्डोगानले गोल गरे । फियनूर्डका लागि अनिस हाड्ज मौसा, सान्टियागो जिमिनेज र डेविड हान्कोले गोल गरे।

खेलमा ४४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै हालान्डले सिटीलाई अग्रता दिलाए। ५०औं मिनेटमा गुन्डोगानले सिटीको अग्रता दोब्बर बनाए। ५३औं मिनेटमा हालान्ड गोल गरेपछि सिटी ३–०को अग्रता लियो।

तर, अन्त्यतिर १५ मिनेटमा ३ गोल गर्दै फियनूर्डले सिटीलाई बराबरीमा रोक्यो। उसका लागि ७५औं मिनेटमा मौसा, ८२औं मिनेटमा जिमिनेज र ८९औं मिनेटमा हान्कोले गोल गरेका थिए।

यस्तै, अर्को खेलमा आर्सनलले स्पोर्टिङ सिपीमाथि ५–१को जित निकाल्यो। आर्सनलका लागि ग्याब्रिअल मार्टिनेली, काइ हार्ट्ज, ग्याब्रिअल मांगालहस, बुकायो साका र लियान्द्रो ट्रोसार्डले गोल गरेका थिए भने स्पोर्टिङका गोन्सालो इनासियोले गोल गरेका थिए।

प्रकाशित मिति: ११:१६ बजे, बुधबार, मंसिर १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्