Kathmandu Press

एक वर्षदेखि रिक्त धितोपत्र बोर्डले पायो नेतृत्व, सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्त

धितोपत्र बोर्डले झन्डै एक वर्षपछि नेतृत्व पाएको छ।
एक वर्षदेखि रिक्त धितोपत्र बोर्डले पायो नेतृत्व, सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्त

काठमाडौं, मंसिर १० । धितोपत्र बोर्डले झन्डै एक वर्षपछि नेतृत्व पाएको छ।

सोमबार सरकारले सन्तोषनारायण श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

धितोपत्र बोर्डको अध्यक्ष पद गत वर्षको पुस २० गतेदेखि रिक्त थियो। विभिन्न विवादका कारण वर्षदिनसम्म पनि बोर्ड अध्यक्षको पदपूर्ति हुन सकेको थिएन।

बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन परेको थियो। तीमध्ये पाँच जना छानिएका थिए। बोर्डमा आइतबार मात्रै अन्तर्वार्ता भएको थियो।

अन्तर्वार्तापछि समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। समितिले सिफारिस गरेपछि अर्थमन्त्रीले  एकजनालाई बोर्ड अध्यक्ष बनाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने व्यवस्था छ।

मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले निर्णय गर्छ।

प्रकाशित मिति: १९:३६ बजे, सोमबार, मंसिर १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्