Kathmandu Press

सरकारी वकिल कार्यालयले यसकारण चलाएन कोशी सांसद अधिकारीविरूद्ध मुद्दा

सरकारी वकिल कार्यालयले सांसद अधिकारीविरूद्ध मुद्दा नचलाउन केही आधार लिएको छ।
सरकारी वकिल कार्यालयले यसकारण चलाएन कोशी सांसद अधिकारीविरूद्ध मुद्दा

काठमाडौं, मंसिर १० । मानव तस्करको आरोपमा पक्राउ परेका एमाले कोशी प्रदेशका सांसद लिलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने भएको छ।

कात्तिक २५ गते विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको उनीविरूद्ध काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा उनीविरूद्ध  मुद्दा चलाउन आवश्यक नरहेको निर्णय काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।

Hardik ivf

बाँकी ११ जनाविरूद्ध भने मुद्दा चलाउने तयारी सरकारी वकिल कार्यालयको छ।

जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राज्ञ, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र योगराज गौतमविरूद्ध मुद्दा चलाउने तयारी सरकारी वकिल कार्यालयको छ।

तीमध्ये दिवाकरबाबु, विष्णुप्रसाद र योगराज भने फरार छन्।

सरकारी वकिल कार्यालयले सांसद अधिकारीविरूद्ध मुद्दा नचलाउन केही आधार लिएको छ।

अनुसन्धानका क्रममा तीन जना युवालाई जापानको अध्यागमनले डिपोर्ट गरिदिएपनि सांसद अधिकारी भने आफै अध्यागमनलाई जानकारी गराएर फर्किएको खुलेको छ।

डिपोर्ट भएका युवाहरूले अधिकारीलाई पैसा बुझाएको बयान दिएका थिए। तर अनुसन्धानका क्रममा पैसा लेनदेन नभएको पुष्टी भएको पाइएको छ।

अर्को आधार पूर्वमन्त्री अधिकारीसँगै गएका खोटाङको केपिलासलगढी गाउँपालिका-४ का ४१ वर्षीय जनक राई, ऐसेलुखर्क गाउँपालिका-२ का ३७ वर्षीय दावा शेर्पा, रसुवाको कालिका गाउँपालिका-५ का २१ वर्षीय कञ्चन देवकोटालाई नारिता विमानस्थलमा अध्यागमनले केरकार गरेको थियो।

उनीहरू काठमाडौंबाट पूर्वमन्त्रीसँग गएको पनि गलत भएको बताइएको छ। काठमाडौं विमानस्थलमा ती तीनजना र अधिकारीबीच भेटवार्ता नभएको सिसीटिभी फुटेजबाट देखिएको छ।

उनीहरूसँग भेटिएको परिचय पत्रमा भएको हस्ताक्षर पनि कीर्ते भएको जाँचबाट देखिएको सरकारी वकिल कार्यालयले जनाएको छ।

त्यस्तै उनले नेपाल प्रहरीका दुई डिआइजीलाई जापानबाटै म्यासेज गरेको विषय पनि उनलाई मुद्दा चलाउन नपर्ने अर्को आधारका रूपमा सरकारी वकिल कार्यलयले लिएको छ।

पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए ।

उनी मुख्यमन्त्री र परराष्ट्र मन्त्रालयलाई जानकारी नदिई जापान उडेका थिए। 

जापानबाट तीन युवकलाई डिपोर्ट गरेपपछि कार्यक्रममा नगई फर्केका अधिकारीले विराटनगरमा पत्रकार सम्मेलन गरेका थिए। त्यसअघि उनले नैतिकताको आधारमा भन्दै आन्तरिक मामिला मन्त्रीबाट राजीनामा दिएका थिए। 

उनले घटनामा आफू संलग्न नभएको र आफूसँग जापान जाने भनेर गएकाहरूलाई  नचिन्ने पनि बताएका थिए। 

मानव तस्करको आरोप लागेपछि एमाले कोशी प्रदेश कमिटीले उनलाई पार्टीको सबै जिम्मेवारीबाट हटाउँदै क्रियाशील सदस्यबाट पनि निलम्बन गरेको थियो। 

प्रदेश कमिटीको निर्णयलाई एमालेको केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको भोलिपल्ट अधिकारी विराटनगरस्थित घरबाटै पक्राउ परेका थिए। 

प्रकाशित मिति: १७:५९ बजे, सोमबार, मंसिर १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्