Kathmandu Press

पाइलटको हड्तालले अन्तर्राष्ट्रिय उडान प्रभावित

उडानको अन्तिम समयमा झण्डै एक दर्जन स्थायी पाइलटहरुले एकसाथ ‘बिरामी परेको’ भन्दै शनिबारदेखि नै ड्युटीमा नआएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो।
पाइलटको हड्तालले अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं, मंसिर १० : नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)का स्थायी पाइलटहरूको हड्तालका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको छ।

उडानको अन्तिम समयमा झण्डै एक दर्जन स्थायी पाइलटहरुले एकसाथ ‘बिरामी परेको’ भन्दै शनिबारदेखि नै ड्युटीमा नआएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो।

Hardik ivf

पाइलटको हड्तालका कारण अन्तरराष्ट्रिय उडान प्रभावित भई काठमाडौं, मुम्बई, दुबईलगायत स्थानमा यात्रुहरु अलपत्र परेका छन्। 

नेपाल एयरलाइन्स नियमित उडान हुन नसक्दा सास्ती खेप्नुपरेको भन्दै यात्रुहरू आक्रोशित हुँदै विमानस्थलमै नारावाजी गरेका छन्। नारावाजीमा संलग्न कतिपय यात्रुलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको छ।

यात्रुले उडानका लागि टिकट लिए पनि पाइलटका कारण उडानहरू रद्द गर्नुपर्ने अवस्था आएको छ। पाइलटहरु अकारण बिदा बस्दा एकातिर यात्रुले सास्ती पाएका छन् भने अर्कातिर निगमले आर्थिक नोक्सानी समेत व्यहोर्नुपरेको छ। 

निगमले नियमअनुसार कारबाही गर्ने चेतावनीसहित पाइलटलाई आइतबार पत्र पठाएको थियो तर सोमबारसम्म पनि पाइलटहरु उडानमा फर्किएका छैनन्। 

निगमका पाइलटहरूले बिरामी परेको भने पनि भित्री कारण सेवा सुविधा बृद्धिको माग रहेको जनाइएको छ। 

प्रकाशित मिति: १४:४८ बजे, सोमबार, मंसिर १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्