बालेनले हुलाक र इमेलबाट पठाए एमालेलाई जरिबानाको पत्र
यसअघि महानगरले एमाले केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाउन खोज्दा एमालेले बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलबाट सूचना पठाइएको हो।
काठमाडौं, मंसिर १० : काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले नेकपा एमालेलाई जरिबाना गरेको पत्र हुलाक र इमेलबाट पठाएका छन्।
यसअघि महानगरले एमाले केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाउन खोज्दा एमालेले बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलबाट सूचना पठाइएको हो।
एमालेले आफूहरु आयोजक नभएको बताउँदै सूचना बुझ्न अस्वीकार गरेको थियो।
गत मंसिर ७ गते आयोजना गरेको जागरण सभामा फोहार गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई १ लाख जरिबाना गरेको थियो। मेयर शाहले एमालेमाथि पूर्वाग्रह राखेर जरिबाना गरेको आरोप लगाउँदै आएको छ।
प्रकाशित मिति: १४:१४ बजे, सोमबार, मंसिर १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार