मन्त्री सिंहले गरे नेपाल–कोरियामैत्री अस्पतालको भवन शिलान्यास
भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री सिंहले अस्पतालमा सञ्चाल हुने सेवाको माध्यमबाट नेपाल र कोरियाबीचको सम्बन्धलाई अझ अगाडि बढाउने विश्वास व्यक्त गरे।-1732522472.jpg)
काठमाडौं, मंसिर १० : नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको नयाँ भवन शिलान्यास गरिएको छ।
सोमबार भक्तपुरको मध्यपुर थिमिमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान तथा सहरीविकास मन्त्री प्रकाशमान सिंहले भवन शिलान्यास गरे।
भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री सिंहले अस्पतालमा सञ्चाल हुने सेवाको माध्यमबाट नेपाल र कोरियाबीचको सम्बन्धलाई अझ अगाडि बढाउने विश्वास व्यक्त गरे।
स्थानीय बासिन्दा मात्र नभइ आसपासका सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन लायकको अस्पताल निर्माण हुन लागेको उनको भनाई छ।
‘मलाई खुसी केमा लागेको छ भने अस्पतालले नेपाल र कोरियाबीचको सम्बन्धलाइए अगाडि बढाउन र सेवा विस्तार गरेर स्थानीय मात्र नभइ आसपासका सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन लायकको अस्पताल बन्दैछ,’ उनले भने।
अस्पताल दक्षिण कोरियाको सहायतामा चल्दै आएको छ ।
प्रकाशित मिति: १३:४० बजे, सोमबार, मंसिर १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












