Kathmandu Press

बीआरआईमा ऋण होइन, अनुदान लिने हो : देउवा

‘बीआरआई परियोजनामा हामी प्रस्ट छौं। ऋण होइन अनुदान लिनुपर्छ, बीआरआई परियोजनामा छलफल जारी छ। छिट्टै एउटा निष्कर्षमा पुगिन्छ,’ सभापति देउवाले भने।
बीआरआईमा ऋण होइन, अनुदान लिने हो : देउवा

जनकपुर, मंसिर १० : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताएका छन्।

जनकपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस सभापति देउवाले बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको बताएका हुन्। 

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण फलदायी हुने बताउँदै उनले बताए। ‘बीआरआई परियोजनामा हामी प्रस्ट छौं। ऋण होइन अनुदान लिनुपर्छ, बीआरआई परियोजनामा छलफल जारी छ। छिट्टै एउटा निष्कर्षमा पुगिन्छ,’ सभापति देउवाले भने।

सत्ता गठबन्धनमा कुनै खटपट नरहेकाले याे गठबन्धन लामो समय रहिरहने बताउँदै उनले मधेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णय अपुग नभएकाले अरु दलहरुले पनि निर्णय गर्नुपर्ने बताए।

प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न जनकपुर आएका देउवा केहीबेरमा लोहनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न कार्यक्रम छ।

सभापति देउवासँगै कांग्रेसका नेता विमलेन्द्र निधि पनि जनकपुर आएका छन्।

प्रकाशित मिति: १३:४९ बजे, सोमबार, मंसिर १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्