Kathmandu Press

‘एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ’

प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि सरकार सधैं खेलाडीको साथमा रहेको बताए। उनले एनपिएलले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने अपेक्षा व्यक्त गरे।
‘एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ’

काठमाडौं, मंसिर १० : प्रधानमन्त्री केपी ओलीले नेपाल प्रिमियर लिग ९एनपिएल० ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताएका छन्।

आज ऐतिहासिक धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण गर्दै उनले लिगका लागि सरकारले सक्दो सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए।

प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि सरकार सधैं खेलाडीको साथमा रहेको बताए। उनले एनपिएलले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने अपेक्षा व्यक्त गरे।

‘क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो। यस लिगको माध्यमबाट नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस्,’ प्रधानमन्त्री ओलीले भने,‘सरकार यहाँहरूकै साथमा छ। व्यक्तिगत रूपमा म सरकारमा हुँदा वा नहुँदा जहिल्यै पनि मेरो रुचि र अपनत्व रहनेछ। सहभागी खेलाडी सबैलाई जितको शुुभकामना दिन चाहन्छु।’

प्रधानमन्त्री ओलीले एनपिएलका मार्की खेलाडीहरूको पनि प्रसंशा गरेका थिए। एपिएलर्मात खेलमार्फत युवा प्रतिभाको उजागर र नेपालीले अवसर पाएमा केही गर्छ भन्ने मान्यतालाई स्थापित होस् भन्ने कामनासमेत उनले गरे। 

८ टिम सहभागी हुने एनपिएल मंसिर १५ गतेबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरु हुँदैछ।

प्रकाशित मिति: १२:२८ बजे, सोमबार, मंसिर १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्