Kathmandu Press

धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक, ओलीले गरे मार्की खेलाडीकाे प्रशंसा

सोमबार धरहरा परिसारमा विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी ओलीले एनपिएलको ट्रफी सर्वाजनिक गरे। 
धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक, ओलीले गरे मार्की खेलाडीकाे प्रशंसा

काठमाडौं, मंसिर १० : नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक भएको छ। 

सोमबार धरहरा परिसारमा विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी ओलीले एनपिएलको ट्रफी सर्वाजनिक गरे। 

कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाली खेलकुदलाई नयाँ अध्यायमा लैजानका लागि सरकारले गरिरहेको  सहयोगको लागि धन्यवाद दिए।

Hardik ivf

सिद्धार्थ बैंक एनपीएलको ट्रफी आफैंमा विशेष रहेको बताउँदै प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा पाउने बताए।

ट्रफीमा सर्वोच्च शिखर सगरमाथाको काख कालापत्थरबाट ल्याएको ढुंगा प्रयोग गरिएको छ। यसमा निकुञ्ज, बन, जंगलको पनि समिश्रण रहेको। उक्त पत्थर पर्वतारोही निमा शेर्पा र मिंङ्मा तेन्जी शेर्पाले ल्याएका थिए।

Photo-(1)-(10)-1732513442.jpg
 

ट्रफी सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको दिन रहेको बताए। ऐतिहासिक र गौरवपूर्ण धरहराको काखमा नेपाल प्रिमियर लिगको ट्रफी अनावरण गर्दा खेलकुदमा नयाँ जाँगर भरेको पनि बताए।
उनले नेपाली क्रिकेट इतिहासको विशाल एवं उमंगमय पर्व एनपिएल भएको पनि बताए। 

कार्यक्रममा ओलीले आयरल्याण्डका खेलाडीलाई आशिफ शेखले रन आउट नगरेर स्पोर्टस म्यानसिपको उत्कृष्ट नमुनाको भिडियोका बारेमा चर्चा गरे। उनले करण केसीको भ्यालेन्टाइन ब्वाए नामको बारेमा पनि चर्चा गरे। यसैगरी कुशल भुर्तेल बलर कि ब्याटर भनेर प्रश्न गर्दै शतक प्रहार गर्न आग्रह गरे।

चितवन राइनोजका विषयमा ओलीले चितवन गैडाज भनेर सम्बोधन गरे। चितवन गैंडाजका कुशल मल्लको पनि आगामी दिनमा थप चर्चा हुने विश्वास गरे।

लुम्बिनीका कप्तान रोहित पौडेलको नाम सुन्दा नै आफूलाई गर्व लाग्ने बताए। उनलाई जसले जिते पनि देशले जितेको महसुस हुने बताए।

विराटनगरका कप्तान सन्दीप लामिछानेलाई नेपाली क्रिकेटको ब्राण्ड एम्बास्डर भन्दै नेपालीले चान्स पायो कि डान्स गर्छ भन्दै प्रशंसा गरे।

कर्णाली याक्सका सोमपाल कामीको योर्करबारे पनि चर्चा गर्दै सफलताको शुभकामना दिए। यसैगरी कर्णाली याक्सम भारतका गब्बर (शिखर) धवनको आगमनले झनै उमंग थपेको बताए।

सुदूरपश्चिमका दीपेन्द्रसिंहको बारेमा प्रशंसा गर्दै उनका कीर्तिमानहरूबारेमा चर्चा गरे। देशको प्रधानमन्त्री भएकाले आठवटै टिमको समर्थन र सद्भाव रहने बताए।

प्रधानमन्त्री ओलीले क्यानलाई महिला फ्रेन्चाइज क्रिकेट पनि आयोजना गर्नका लागि आग्रह गरे।

एनपिएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा आयोजना हुनेछ। प्रतियोगितामा ८ टिम सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन खेलम विराटनगर किंग्स र जनकपुर बोल्ट्स भीड्ने छन्।

प्रकाशित मिति: ११:२९ बजे, सोमबार, मंसिर १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्