Kathmandu Press

पहाडी भेगका एक/दुई ठाउँमा सामान्य वर्षाको सम्भावना

पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण पहाडका केही ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।
पहाडी भेगका एक/दुई ठाउँमा सामान्य वर्षाको सम्भावना

काठमाडौं, मंसिर १० : आज दिउँसो कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागमा सामान्य बादल लागेर एक दुई ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण पहाडका केही ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

Hardik ivf

अहिले बिहान कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बादल लागेको छ भने बाँकी भू–भागमा मौसम सफा छ । तराईका केही ठाउँमा सामान्य हुस्सु लागेको छ ।

आज राति कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भुभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: ०८:४८ बजे, सोमबार, मंसिर १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्