चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्दै ओली
पूर्वप्रधानन्त्रीहरू, पूर्वपराष्ट्रमन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूसँग ओलीले छलफल गर्न लागेका हुन् ।
काठमाडौं, मंसिर १० : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका विषयमा आज छलफल गर्ने भएका छन् । पूर्वप्रधानन्त्रीहरू, पूर्वपराष्ट्रमन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूसँग ओलीले छलफल गर्न लागेका हुन् ।
भ्रमणका एजेण्डा, नेपालले चीनसँग उठाउनुपर्ने विषयलगायतमा छलफल हुने बताइएको छ । भ्रमणको पूर्वसन्ध्यामा सुझावका लागि प्रधानमन्त्री ओलीले अनुभवी र सरोकारवालासँग सुझाव लिन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेबाट चीनको भ्रमण गर्दैछन् ।
प्रकाशित मिति: ०८:४४ बजे, सोमबार, मंसिर १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












