Kathmandu Press

जिल्लामै बढी आयकर दाखिला गर्दै 'द क्लिफ' बन्यो उत्कृष्ट करदाता

पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा कार्यालयले सम्मान गरेको हो ।
जिल्लामै बढी आयकर दाखिला गर्दै 'द क्लिफ' बन्यो उत्कृष्ट करदाता

पर्वत, मंसिर १० : कुस्मा बाग्लुङ क्षेत्रलाई एडभेन्चर हबको रुपमा विकास गर्न सफल र अहिलेको प्रसिद्ध पर्यटकीय गन्तव्य  द क्लिफ नेपाललाई आन्तरिक राजश्व कार्यालय, बाग्लुङले उत्कृष्ट करदाताको सम्मान गरेको छ । 

पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा कार्यालयले सम्मान गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत प्रमोद कुमार‌ श्रीवास्तवले  क्लिफका अध्यक्ष राजु कार्कीलाई कर दिवस २०८१ का सन्दर्भमा आयोजित कार्यक्रममा सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चेयर लगायत गतिविधि सञ्चालनमा छन् । 

प्रकाशित मिति: ०८:३० बजे, सोमबार, मंसिर १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्