इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग साउथह्याम्पटन ३–२ गोलले पराजित
१२ खेल खेलेको लिभरपुलको ३१ अङ्क भएको छ । समान १२ खेल खेलेर दोस्रो स्थानमा रहेको म्यानचेस्टर सीटीको २३ अङ्क छ । यस्तै तेस्रो स्थानमा रहेको चेल्सीले १२ वटै खेलमा २२ अङ्क बनाएको छ ।काठमाडौं, मंसिर १० : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले पुछारको साउथह्याम्पटनलाई ३–२ गोलले पराजित गरेको छ । साउथह्याम्पटनलाई उसकै घरेलु मैदानमा हराएसँगै लिभरपुलले लिगको अङ्क तालिकामा दूरी फराकिलो बनाएको छ ।
१२ खेल खेलेको लिभरपुलको ३१ अङ्क भएको छ । समान १२ खेल खेलेर दोस्रो स्थानमा रहेको म्यानचेस्टर सीटीको २३ अङ्क छ । यस्तै तेस्रो स्थानमा रहेको चेल्सीले १२ वटै खेलमा २२ अङ्क बनाएको छ । यस्तै गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेड र इपस्वीचले एक–एक गोलको बराबरी खेलेका छन् ।
१२ खेल खेलेको म्यानचेस्टर युनाईटेड चारमा जीत, चारमा बराबरी र चारमा हारसहित १६ अङ्कका साथ तालिकाको १२ औँ स्थानमा छ । १२ वटै खेलमा नौ अङ्क जोडेको इपस्वीच १८ औँ स्थानमा छ ।
प्रकाशित मिति: ०८:२७ बजे, सोमबार, मंसिर १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक, ओलीले गरे मार्की खेलाडीकाे प्रशंसासोमबार, मंसिर १०, २०८१
इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग साउथह्याम्पटन ३–२ गोलले पराजितसोमबार, मंसिर १०, २०८१
ओमानका पूर्वकप्तान जिसन मक्सूद कर्णाली याक्समा अनुबन्धआइतबार, मंसिर ९, २०८१
आईपिएल अक्सन : अर्शादीप र चहल पञ्जाबमा आबद्ध हुँदा केएल राहुल दिल्लीमाआइतबार, मंसिर ९, २०८१