उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ को स्थानीय तह उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।काठमाडौं, मंसिर ९ । राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ को स्थानीय तह उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।
मन्त्रिपरिषद्को सिफारिस बमोजिम नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।
नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार मन्त्रिपरिषद्को निर्णय अनुसार सेना परिचालनका लागि स्वीकृति दिन सिफारिस गरेका थिए ।
उपनिर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न सेना परिचालनका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा बताइएको छ ।
आगामी मंसिर १६ गते स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।
प्रकाशित मिति: १७:५६ बजे, आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारूआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशनआइतबार, मंसिर ९, २०८१
कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टिआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासोआइतबार, मंसिर ९, २०८१