राष्ट्रपतिले गरे चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा नियुक्त
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुरुप राजदूतमा नियुक्त गरेका हुन्।काठमाडौं, मंसिर ९ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुरुप राजदूतमा नियुक्त गरेका हुन्।
संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ।
यस्तै, राष्ट्रपति पौडेलले आइतबारै सङ्घीय संसद्को प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिएको राजीनामा स्वीकृत गरेका छन् ।
सचिव अधिकारीले राष्ट्रपतिसमक्ष राजीनामा पेस गरेका थिए। सोमबारदेखि लागू हुनेगरी राजिनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १७:१८ बजे, आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टिआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासोआइतबार, मंसिर ९, २०८१
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमतिआइतबार, मंसिर ९, २०८१
प्रहरी विधेयक मन्त्रिपरिषदमा पेसआइतबार, मंसिर ९, २०८१