Kathmandu Press

दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश 

प्रसाईंको रिहाइका लागि दर्ता भएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले लिखित जवाफसहित उपस्थित गराउन आदेश दिएको हो। 
दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश 

काठमाडौं, मंसिर ९ : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउको कारण माग्दै उपस्थित गराउन आदेश दिएको छ।

प्रसाईंको रिहाइका लागि दर्ता भएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले लिखित जवाफसहित उपस्थित गराउन आदेश दिएको हो। 

प्रसाईंको रिहाइका लागि छोरा निराजन प्रसाईंले सर्वोच्चमा रिट दिएका थिए। सर्वोच्चले रिटमा विपक्षी बनाइएका गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतसँग लिखित जवाफ मागेको छ। 

प्रसाईं भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ परेका थिए। प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी गरेको भन्दै सामाजिक सञ्जालमा भिडिओमार्फत स्क्रिनसट देखाएपछि ‘फेक’ को आरोपमा पक्राउ गरी साइबर कसुरमा अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १६:०५ बजे, आइतबार, मंसिर ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्