Kathmandu Press

मृत्युपश्चात अंग दान गर्नेको परिवारले अब २ लाख पाउने 

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा दाताका परिवारलाई १ लाख थप गर्ने निर्णय गरेका हुन्।
मृत्युपश्चात अंग दान गर्नेको परिवारले अब २ लाख पाउने 

काठमाडौं, मंसिर ९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेको छ।

यसअघि मानवअंग दान गर्न चाहने परिवारलाई १ लाख रुपैयाँ दिने निर्णय गरिएको थियो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा दाताका परिवारलाई १ लाख थप गर्ने निर्णय गरेका हुन्। उक्त निर्णय कार्यान्वयनका लागि आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी अर्थ मन्त्रालयले सहमति दिएको छ। 

मन्त्रालयले अंग दानमा सघाउने अस्पताललाई यसअघि दिईंदै आएको ५० हजार रुपैयाँमा २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ। मन्त्री पौडेलले पनि यसअघि अंगदान गर्ने घोषणा गरेका थिए। 


 

प्रकाशित मिति: १६:०१ बजे, आइतबार, मंसिर ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्