Kathmandu Press

औद्योगिक क्रान्तिबाट मुलुकले सफलता पाउँदैछ : मन्त्री भण्डारी

दशौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित मुल समारोहमा बोल्दै उनले  मुलुकलाई सफलतातिर डोर्याउनका लागि कयौं चुनौतिको सामना गर्नुपर्ने पनि बताए। 
औद्योगिक क्रान्तिबाट मुलुकले सफलता पाउँदैछ : मन्त्री भण्डारी

काठमाडौं, मंसिर ९ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमशिलता र उद्योगले मुलुकको परिवर्तन अर्थात औद्योगिक क्रान्तिबाट मुलुकले सफलता प्राप्त गर्दै गएको बताएका छन्। 

दशौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित मुल समारोहमा बोल्दै उनले  मुलुकलाई सफलतातिर डोर्याउनका लागि कयौं चुनौतिको सामना गर्नुपर्ने पनि बताए। 

Hardik ivf

‘उद्यमशिलता र उद्योगले मुलुकको परिवर्तन अर्थात औद्योगिक  क्रान्तिबाट मुलुकले सफलता प्राप्त गर्दै गएको छ। अबको हाम्रो यात्रा भनेको समृद्धिको हो। यसमा सरकार र निजी क्षेत्रले गर्नुपर्ने कामहरुको जतिपनि तथ्यांकहरु छन् ती सबै  यथोचित छैनन्,’ उनले भने, ‘थुप्रै  नकारात्मक तस्वीरहरु हामीले देखेका छौं, सुनेका छौं। थुप्रै सम्भावनाहरु पनि मुखैमा छन्। त्यसैले मुलुकलाई सफलतातिर डोर्याउन र सम्भावनाहरुलाई अवसरमा बदल्नका लागि सबै चुनौतिहरुलाई  चिर्नुपर्ने अवस्था छ।’

उनले निजी र  सरकारी क्षेत्रले हातेमालो गर्न सके विकासका यात्रामा मुलुक धेरै पछाडि नरहने बताए। उनले राज्यबाट थुप्रै निजी क्षेत्रले औंल्याएका प्रश्नहरुमा समूचित वातावरण बन्न नसकेको बताए।
 

प्रकाशित मिति: १४:५६ बजे, आइतबार, मंसिर ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्