Kathmandu Press

एमालेले बुझेन महानगरको जरिवाना पत्र

आइतबार जरिवानापत्र बुझाउन एमालेको केन्द्रिय पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो।
एमालेले बुझेन महानगरको जरिवाना पत्र

काठमाडौं, ९ मंसिर : काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार गरेको छ। 

आइतबार जरिवानापत्र बुझाउन एमालेको केन्द्रिय पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो।

गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले जरिवानाको पत्र लेखेको थियो।

उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझि फिर्ता पठाएको छ।

महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना गरेको थियो।

प्रकाशित मिति: १४:१७ बजे, आइतबार, मंसिर ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्