Kathmandu Press

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

उनलाई पार्टीको विधान, २०१७ (संसोधन सहित)को धारा २१ को उपधारा (४) बमोजिम पार्टीको केन्द्रिय कार्यसमितिको कोषाध्यक्षमा श्रेष्ठलाई मनोनित गरिएकाे हाे।
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौं, मंसिर ९ : केन्द्रिय सदस्य उमेश श्रेष्ठ नेपाली कांग्रेसको कोषाध्यक्षमा मनोनित भएका छन्।

सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई आइतबार काेषाध्यक्षमा मनाेनित गरेकाे पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

उनलाई पार्टीको विधान, २०१७ (संसोधन सहित)को धारा २१ को उपधारा (४) बमोजिम पार्टीको केन्द्रिय कार्यसमितिको कोषाध्यक्षमा श्रेष्ठलाई मनोनित गरिएकाे हाे।

१४औं महाधिवेशन सम्पन्न भएको लामो समयसम्म कोषाध्यक्ष रिक्त थियो। पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठ व्यवसायीसमेत हुन्। उनी लामो समयदेखि कांग्रेसको आर्थिक विभागमा थिए। 

468148787_8842024592552296_4618241436429830260_n-1732436745.jpg
 

प्रकाशित मिति: १४:०१ बजे, आइतबार, मंसिर ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्