Kathmandu Press

मधेस आन्दोलनका सहिद परिवारले गरे मुख्यमन्त्रीको कार्यालयमा प्रदर्शन

मधेस प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकबाट सहिद परिवारका एक÷एकजनालाई रोजगारी दिने निर्णय गरिए पनि कार्यान्वयन नभएको प्रश्न उठाउँदै सहिद परिवारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अघि प्रदर्शन गरेका हुन्। 
मधेस आन्दोलनका सहिद परिवारले गरे मुख्यमन्त्रीको कार्यालयमा प्रदर्शन

जनकपुर, मंसिर ९ : मधेस आन्दोलनका सहिद परिवारका सदस्यलाई रोजगारीको माग गर्दै सहिद परिवारले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदर्शन गरेका छन्। 

मधेस प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकबाट सहिद परिवारका एक÷एकजनालाई रोजगारी दिने निर्णय गरिए पनि कार्यान्वयन नभएको प्रश्न उठाउँदै सहिद परिवारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अघि प्रदर्शन गरेका हुन्। 

प्रदर्शनमा प्रदेशका आठै जिल्लाका सहिद परिवारका सदस्य सहभागी रहेको जनाइएको छ। 

मधेस आन्दोलनका सहिद भएका ५२ जना परिवारका एक÷एक सदस्यलाई रोजगारी दिने भन्दै मधेश सरकारले निर्णय गरेको थियो। 

केहीलाई करारमा जागिर दिए पनि अधिकांस बेरोजगारी अवस्थामा रहेको पीडित परिवारको गुनासो छ। 

प्रकाशित मिति: १३:५५ बजे, आइतबार, मंसिर ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्