प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामा
स्वास्थ्यको कारण देखाउँदै अधिकारीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन्।
काठमाडौं, मंसिर ९ : प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन्।
स्वास्थ्यको कारण देखाउँदै अधिकारीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबारबाट लागू हुनेगरी राजीनामा बुझाएका हुन।
शिक्षा मन्त्रालयको सचिवबाट अवकास पाएपछि गत असारमा उनी समान पदमै प्रतिनिधिसभाको सचिवमा नियुक्त भएका थिए।
अधिकारीले स्वास्थ्यको पनि समस्या भएपछि राजीनामा दिएको बताएका छन्।
प्रकाशित मिति: १३:२३ बजे, आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












