फोहोर व्यवस्थापनमा राजनीति नगरौं : मन्त्री सिंह
आइतबार सिंहदरबारमा बसेको फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उनले देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्न सक्छौं? प्रश्न समेत गरे।काठमाडौं, मंसिर ९ : उपपधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने बताएका छन्।
आइतबार सिंहदरबारमा बसेको फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उनले देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्न सक्छौं? प्रश्न समेत गरे।
फोहोर मैलामा राजनीतिकरण गरेर त भएन नि। देशको राजधानीकै फोहोरमैला व्यवस्थापन गर्न नसक्ने हामीले अरु के कुरा व्यवस्थित गर्न सकौंला त?,’ प्रश्न गर्दै मन्त्री सिहले भने, ‘यो फोहोरमैलाको सवालमा विधिको शासन अनुसार हामी सबै चल्नुपर्दछ। चाहे संघीय सरकार होस् वा प्रादेक सरका वा स्थनीय सरकार नै किन नहोस् विधिको शासन अनुसार त मान्नु प¥यो नि, प्रक्रिया अनुसार हामी जान्छौं।’
मन्त्री सिहले फोहोर व्यवस्थापनको विषयमा हुने छलफलको मात्र समाचार बन्ने गरेको भन्दै अब एक्सनमा गएको समाचार आउने गरी काम गर्ने बेला आएको धारणा राखे।
‘काठमाडौं उपत्यकाको फोहोरमैलाको व्यवस्थापन गर्नका लागि धेरै समय गइसकेको छ। स्थानीय निर्वाचनपछि हरेक समयमा पत्रपत्रिकामा समाचार मिडियाहरुमा फोहोरमैलाको बारेमा समाचार पढ्ने गछौं,’ उनले भने, ‘तर अब चाँही छलफल गरेको मात्र होइन एक्सनमा गएको समाचार आउने गरी काम गर्ने बेला भयो।’