Kathmandu Press

सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादव

‘सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व हो, यसका लागि सरकार आवश्यक नीति र कार्यक्रम मार्फत सुविधायुक्त र दिगो सेवा उपलब्ध गराउन प्रयासरत छ।’
सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादव

झापा, मंसिर ९ : खानेपानी मन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व रहेको बताएका छन्। 

आइतबार झापाका विभिन्न स्थानमा निर्माणाधीन खानेपानी परियोजनाको स्थलगत अनुगमन गर्दै मन्त्री यादवले निर्माण प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिएका हुन। 

Hardik ivf

मन्त्री यादवले मेचीनगर र धुलाबारीमा निर्माणाधीन खानेपानी ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै सम्बन्धित निकायलाई निर्माण समयमा सम्पन्न गरी उपभोक्तालाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन निर्देशन दिएका छन्। 

सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मोरङको सनिचरीस्थित पथरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीसँग छलफल गर्दै मन्त्री यादवले स्थानीयस्तरमा भइरहेको प्रगति, सञ्चालनमा रहेका योजना र चुनौतीहरूको समाधानका लागि सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री यादवले भने-‘सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व हो। यसका लागि सरकार आवश्यक नीति र कार्यक्रम मार्फत सुविधायुक्त र दिगो सेवा उपलब्ध गराउन प्रयासरत छ।’

देशभर देखिएका खानेपानी सम्बन्धी समस्या समाधान गर्न सरकार सक्रिय रहेको बताउदै मन्त्री यादवले व्यक्तिगत रूपमा स्थलगत अनुगमन तथा अवलोकन मार्फत परियोजनाको प्रगतिबारे जानकारीसहित सुधारका लागि आफू कटिबद्ध रहेको बताए। 

मन्त्री यादवले दीर्घकालीन योजना कार्यान्वयन गर्दै स्थायी, भरपर्दाे र सहज खानेपानी आपूर्ति सुनिश्चित गर्न सबै तहका साझेदारहरूसँगको सहकार्यलाई सुदृढ गर्ने धारणा समेत व्यक्त गरे।     
 

प्रकाशित मिति: १२:५२ बजे, आइतबार, मंसिर ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्