सिनामंगलको एक होटलमा युवायुवती मृत फेला
आइतबार बिहान प्रकाश सन्यास आश्रम जाने बाटोमा रहेको होटल जन्मभूमिको एउटै कोठामा एक युवक र युवती मृत भेटिएका हुन्।
काठमाडौं, मंसिर ९ : काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
आइतबार बिहान प्रकाश सन्यास आश्रम जाने बाटोमा रहेको होटल जन्मभूमिको एउटै कोठामा एक युवक र युवती मृत भेटिएका हुन्।
उनीहरूले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
मृत भेटिएकामा सुनसरी जिल्ला ठेगाना भएका अन्दाजी २६ बर्षका रमेश माझी र त्यस्तै उमेरकी नाम नखुलेकी युवती रहेको प्रहरीले जनाएको छ।
शनिबार साँझ ६ बजे उनिहरु उक्त होटलमा पुगेका थिए।
प्रकाशित मिति: १२:१२ बजे, आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार