नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लव
‘नेपाली जनताको बलिदानबाट जस्तो खालको व्यवस्था र जनताको राज्यको कल्पना गरिएको थियो। त्यस्तो राज्य जनताको बन्न सकेन। नेपाली जनताको व्यवस्था, कानून बन्न सकेन। नेपालका युवाले देशमा आफ्नो भविष्य नदेख्ने अवस्था भयो,’ उनने भने।काठमाडौं, मंसिर ८ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा परिवर्तन भएपनि क्रान्ति अधुरो भएको बताएका छन्।
शनिबार पार्टीको ११ औं ऐतिहासिक पार्टी पुर्नगठन दिवसको अवसरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले मजदुर, किसान, नेपालका जनजाति, विद्यार्थीहरुको पक्षमा जति नै लडे पनि जनताले चाहेको जस्तो जीवन नपाएको भन्दै क्रान्ति अधुरो भएको बताए।
‘हामी लडेर आएका हौं, सबैलाई थहा छ। हामी कम्युनिष्टहरू, सच्चा लोकतन्त्रवादीहरु र देशभक्तहरु हौ । हामीसँग देशलाई माया गर्ने मान्छेहरु थिए, दिदीबहिनीको लागि बलिदान दिने, मजदुर किसान, जनजाती, विद्यार्थीहरुको पक्षमा लड्ने हामी नै हो, लडेर इतिहास निर्माण गरेका हौं,’ उनले भने, ‘०६४ सालपछि नयाँ जीवन चलाइरहेका छौं। तर ०६४ पछि नेपालमा सम्झौता भयो, केही परिवर्तन भयो तर नेपाली जनताले चाहेको जस्तो जीवन पाएन क्रान्ति अधुरो भयो।’
उनले नेपाली जनताको बलिदानबाट जस्तो खालको व्यवस्था र राज्यको कल्पना गरेको थियो त्यो पनि पूरा नभएको बताए। नेपाली जनताको व्यवस्था र कानुन बन्न नसकेकाले युवाले नेपालका भविष्य नदेख्ने अवस्था भएको बताए।
‘नेपाली जनताको बलिदानबाट जस्तो खालको व्यवस्था र जनताको राज्यको कल्पना गरिएको थियो। त्यस्तो राज्य जनताको बन्न सकेन। नेपाली जनताको व्यवस्था, कानून बन्न सकेन। नेपालका युवाले देशमा आफ्नो भविष्य नदेख्ने अवस्था भयो,’ उनने भने।
राज्य जनताको बनेर दलाल, भ्रष्टहरूको हातमा गएको अवस्थामा नेकपा पार्टी बन्नु नै एउटा नयाँ क्रान्तिको सुरुवात भएको उलने बताए।