Kathmandu Press

कम्बोडिया पुगे सभामुख घिमिरे 

कम्बोडियाको नोम पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख घिमिरेलार्य त्यहाँको संसद्का उच्च अधिकारीले स्वागत गरेका थिए। 
कम्बोडिया पुगे सभामुख घिमिरे 

काठमाडौं, मंसिर ८ : सभामुख देवराज घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी) को ११औं बैठकमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडिया पुगेका छन्। 

कम्बोडियाको नोम पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख घिमिरेलार्य त्यहाँको संसद्का उच्च अधिकारीले स्वागत गरेका थिए। 

सभामुख घिमिरे मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा हुने कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य ईश्वरबहादुर रिजाल, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संघीय संसद् सचिवालयका उपसचिव गोपाल सिग्देल छन्। कम्बोडियामामा नै रहेमनका प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल पनि बैठकमा सहभागी हुने कार्यक्रम छ।

प्रकाशित मिति: १३:०२ बजे, शनिबार, मंसिर ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्