Kathmandu Press

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णय गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

काठमाडौं, मंसिर ७ ।  मन्त्रिपरिषदले आगामी आइतबारदेखि सःशुल्क धरहरा चढ्न पाइने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ९ गते आइतबारदेखि सशुल्करूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिनेलगायत निर्णय गरेको जानकारी गराएका छन् ।

Hardik ivf

यस्तै, बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाललाई सदस्य पदमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको सिफारिसका लागि गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

स्विट्जरल्यान्ड सरकारबाट सुरक्षित आप्रवासन चौथो चरण कार्यक्रमका लागि प्राप्त हुने करिब एक अर्ब ७६ करोड ९७ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत भएको छ । 

प्रवक्ता गुरुङले मन्त्रिपरिषदले कपिलवस्तु निवासी पूर्णबहादुर नेपालीलाई श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि जानकारी दिए। 

 

प्रकाशित मिति: १८:०८ बजे, शुक्रबार, मंसिर ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्