Kathmandu Press

छबिलाल जोशीलाई पोखरा फर्काइँदै, रवि लामिछानेलाई कहिले ल्याइन्छ काठमाडौं ?

लामिछानेसँग पनि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा बयान लिने तयारी छ।
छबिलाल जोशीलाई पोखरा फर्काइँदै, रवि लामिछानेलाई कहिले ल्याइन्छ काठमाडौं ?

काठमाडौं, मंसिर ७ ।  स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका गोर्खा मिडियाको सञ्चालक समितिका पूर्वसदस्य एवम् नेपाल प्रहरीका पूर्वडिआइजी छबिलाल जोशीलाई शुक्रबार काठमाडौंबाट पोखरा फर्काउने तयारी गरिएको छ।  

स्वर्णलक्ष्मी सहकारी सम्बन्धमा बयान लिनका लागि जोशीलाई मंगलबार काठमाडौं ल्याइएको थियो। उनको बयान सकिएसँगै शुक्रबार नै जोशीलाई कास्की फर्काउन लागिएको हो। 

जोशीलाई पोखरा लगेपछि शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ।

Hardik ivf

लामिछानेसँग पनि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा बयान लिने तयारी छ।

यसअघि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कुमार रम्तेललाई पोखराबाट काठमाडौं ल्याएर बयान लिइएको थियो । रम्तेललाई बयान सकेर पोखरा फिर्ता पठाइसकिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६ सय ४५ बचतकर्ताले जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट पनि १ अर्ब ११ करोड रुपैयाँ अपचलनको प्रारम्भिक अनुमान प्रहरीको छ । 

पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा जोशी गत असोज ६ गते र लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। 

कास्की प्रहरीको हिरासतमै रहँदा लामिछाने, जोशी र रम्तेलविरूद्ध रूपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि उनीहरू तीनै जनालाई रूपन्देही पुर्‍याएर बयान लिइएको थियो। 

लामिछाने र जोशीविरूद्ध  चितवन प्रहरीमा पनि पूरक जाहेरी परेको छ। चितवनको सहारा चितवन सहरकारीका पीडितहरूले उनीहरूविरूद्ध जाहेरी दिएका थिए। 

प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान गरिरहेको छ। 

 


 

 

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, मंसिर ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्