यस्तो रह्यो एमालेको जागरण सभा [फोटो फिचर]
सम्बोधनका क्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले भ्रष्टाचारी र अपराधीलाई कुनैपनि हालतमा नछाड्ने दाबी गरे।काठमाडौं, मंसिर ७ : नेकपा (एमाले)को जागरण सभा सम्पन्न भएको छ।
शुक्रबार काठमाडौंको दरबारमार्गमा एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा जागरण सभा भएको थियो।
जागरण सभालाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले भ्रष्टाचारी र अपराधीलाई कुनैपनि हालतमा नछाड्ने दाबी गरे।
उनले एमालेविरूद्ध भ्रम फैलाउन खोजिएपनि जनताले सत्यतथ्य थाहा पाउने बताएका थिए। उनले चीन भ्रमण, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्ति र पछिल्लो राजनीतिक परिस्थितिबारे पनि बताए।
त्यस्तै महासचिव शंकर पोखरेलले एमालेमाथि लाग्ने गरेको ओम्नी प्रकरण, यति होल्डिङ्स प्रकरण र गिरिबन्धु टी-स्टेटबारे प्रष्टीकरण दिएका थिए। उनले लोडसेडिङ अन्त्यका लागि एमालेले नेतृत्व गरेको तर जस अर्कैले पाएको पनि बताएका थिए।
दरबारमार्गमा सभा अघि भद्रकालीबाट र्याली गरी सुन्धारा, वीर अस्पताल, रत्नपार्क र घन्टाघर हुँदै सभास्थल पुगेको थियो।
सभामा उपाध्यक्ष रामबहादुर थापा बादल, विष्णु पौडैललगायतका पदाधिकारी सहभागी थिए। जागरण सभामा एमालेले एक लाख मानिसहरू उतार्ने भनेको थियो।
तस्बिरहरूः