Kathmandu Press

‘कसैको अनुहार हेरिन्न, गल्ती गर्नेलाई कारबाही हुन्छ’

‘कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन,’ उनले भने, ‘कसैलाई पनि एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन, कारबाही गर्छ।’
‘कसैको अनुहार हेरिन्न, गल्ती गर्नेलाई कारबाही हुन्छ’

काठमाडौं, मंसिर ७ : प्रधानमन्त्री केपी ओलीले गल्ती गर्नेलाई सरकारले उन्मुक्ति नदिने बताएका छन्। 

एमालेले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने बताउँदै कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताए।

‘कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन,’ उनले भने, ‘कसैलाई पनि एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन, कारबाही गर्छ।’

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै आफैं सहकारी ठग्ने अनि अरुलाई गाली गरिरहेको बताए। 

‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन्, आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने?’ उनले भने, ‘उल्टे चोर, कोतवालको डाँटे।’

अहिलेको सरकार भ्रष्टाचार गर्न नबनेको बताउँदै उनले सरकारलाई कसैले हल्लाउन नसक्ने बताए।

‘तपाईंहरु एमालेप्रति औला उठाउँदै हुनुहुन्छ, साँचै बहस गर्न सक्नुहुन्छ  तथ्य प्रमाणको आधारमा बहस गर्न सक्नुहुन्छ? भन्दिए त भोनी, कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड स्वीस बैंकमा, तपाईंहरु हेर्न जान सक्नुहुन्न, भन्दिए भो । अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्देउन। भन्दिनका लागि, फाल्तु कुरा गर्नुको अर्थ छैन,’ ओलीले भने।
 

प्रकाशित मिति: १६:२२ बजे, शुक्रबार, मंसिर ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्