Kathmandu Press

चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री

नेकपा एमाले काठमाडौं उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने छिमेकी मुलुक चीनको भ्रमण केवल घुम्नका लागि नभइ देश र जनताको हितमा केन्द्रित हुने बताएका हुन।
चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री

काठमाडौं, मंसिर ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न आफ्नो चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन्।

नेकपा एमाले काठमाडौं उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने छिमेकी मुलुक चीनको भ्रमण केवल घुम्नका लागि नभइ देश र जनताको हितमा केन्द्रित हुने बताएका हुन्।

Hardik ivf

प्रधानमन्त्री ओलीले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइएको बताए।

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण टिप्पणी गर्नेप्रति आपत्ति जनाए । भारतभन्दा पहिला चीन भ्रमण गरेको भन्दै आलोचना गर्नेहरू वाहियात र कायर भएको उनले बताए।

‘कतिले के–के न व्यवसाय भेट्टाए जसो गरेर पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो भन्छन्। कस्तो हुन्छ परिपक्व भनेको? पहिले कता जानुपर्ने? धर्मशास्त्रमा लेखेको छ किः संविधानमा लेखेको छ किः संयुक्तराष्ट्रसंघको बडापत्रमा लेखेको छ? कहाँ चाहि परिपक्वता भेट्नुभयो? यी वाहियात र कायर कुरा हुन्,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले आफूहरुले सबै छिमेकीहरूसँग पारस्परिक लाभ र समान सम्बन्धहरू राख्दै पारिस्परिक सम्मानका आधारमा व्यवहार गर्ने बताए। 

प्रकाशित मिति: १६:२० बजे, शुक्रबार, मंसिर ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्