जनमत सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखकाे निर्णय
सांसद सापकोटाले पद जाने गरी कुनै पनि काम गरेको नदेखिएकाले उनलाई पदबाट हटाउन नमिल्ने निर्णय सभामुख घिमिरेले गरेका हुन्।काठमाडौं, मंसिर ७ : सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन नमिल्ने बताएका छन्।
सांसद सापकोटालाई पदबाट हटाउन जनमत पार्टीले गरेको पत्र अध्ययन गरेपछि सभामुख घिमिरेले उनलाई घटाउन नमिल्ने निर्णय गरेका छन्। सांसद सापकोटाले पद जाने गरी कुनै पनि काम गरेको नदेखिएकाले उनलाई पदबाट हटाउन नमिल्ने निर्णय सभामुख घिमिरेले गरेका हुन्।
सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ र ३२ लगायतका आधारमा निर्णय गरेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।
सांसद सापकोटालाई पदबाट हटाउन माग गर्दै जनमतले तेस्रोपटक सभामुखलाई पत्र लेखेका थिए।
राउतले पार्टी फुटाउन लागेको, ठेकेदारसँग पैसा मागेको, पार्ट विरुद्ध गतिविधि गरेको लगायतका आरोप लगाउँदै सांसद सापकोटालाई हटाउन पत्राचार गरेको थियो।
सभामुख घिमिरले दलले अनुशासनको नाममा पूर्वाग्रही भएर आफ्ना सदस्यहरूमाथि कुनै पनि कारबाही गर्न नमिल्ने बताए।