राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा उनिहरुबिच भेटवार्ता भएको हो।
काठमाडौं, ७ मंसिर : राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा उनिहरुबिच भेटवार्ता भएको हो।
सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आईपीटीपी) को ८-११ मंसिर अर्थात (२३-२६ नोभेम्बर) मा हुने ११ औँ प्लेनरी सेसनमा भाग लिन जान लागेका छन्।
प्रकाशित मिति: १५:२२ बजे, शुक्रबार, मंसिर ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












