Kathmandu Press

०८३ असारसम्म प्रधानमन्त्री रहन्छु, त्यसपछि देउवालाई जिम्मा लगाउँछु : प्रधानमन्त्री ओली

‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ। सबैले बुझे हुन्छ । कान खोलेर सुने हुन्छ, म ०८३ असारसम्म प्रधानमन्त्री रहन्छु र देउवालाई जिम्मा लगाउँछु,’ यसमा कुनै भ्रम नराखे हुन्छ,’ उनले भने।
०८३ असारसम्म प्रधानमन्त्री रहन्छु, त्यसपछि देउवालाई जिम्मा लगाउँछु : प्रधानमन्त्री ओली

काठमाडौं, मंसिर ७ : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले ८४को निर्वाचनसम्म वर्तमान समीकरण कायम रहने बताएका छन्। 

शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभालाई सम्बोधन गदै ओलीले आफू ०८३ असारसम्म प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई जिम्मा लगाउने बताए।

प्रधानमन्त्री ओलीले विरोधीहरुले षड्यन्त्र गरेपनि कांग्रेससँको समीकरण तलमाथि नहुने बताए। 

‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ। सबैले बुझे हुन्छ । कान खोलेर सुने हुन्छ, म ०८३ असारसम्म प्रधानमन्त्री रहन्छु र देउवालाई जिम्मा लगाउँछु,’ यसमा कुनै भ्रम नराखे हुन्छ,’ उनले भने। 

प्रधानमन्त्री ओलीले उनले कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भएपनि देशलाई अफ्ठ्यारोमा पार्न खोजेपछि एक ठाउँमा आउनुपरेको भनाई राखे। 
 
प्रकाशित मिति: १५:१९ बजे, शुक्रबार, मंसिर ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्