उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त
एमालेले जागरण सभाका लागि काठमाडौंका विभिन्न ठाउँबाट र्याली निकालिएको थियो। र्याली अहिले दरबारमार्गमा पुगेर भेलामा परिण भई नेताहरुले संवोधन गरिरहेका छन् ।काठमाडौं, मंसिर ७ : नेकपा एमालेको जागरण सभा र दुर्गा प्रसाईं समूहले कोटेश्वरमा गरेको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।
एमालेले जागरण सभाका लागि काठमाडौंका विभिन्न ठाउँबाट र्याली निकालिएको थियो। र्याली अहिले दरबारमार्गमा पुगेर भेलामा परिण भई नेताहरुले संवोधन गरिरहेका छन् ।
यता, दुर्गा प्रसाईं समूहले कोटेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ। एमालेको जागरण सभा र दुर्गा प्रसाईंको प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो। अहिले रिङरोड भित्र यातायात व्यवस्था तहसनहस भएका कारण यात्रुहरुले सास्ती व्यहोर्नुपरेको छ।
ट्राफिक प्रहरीले दरबारमार्ग आसपासका क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ । दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको छ।
ता, दुर्गा प्रसाईं समूहको प्रदर्शनका कारण कोटेश्वर जाने र आउने यातायातका साधन पनि अबरुद्ध भएका छन्।