Kathmandu Press

कम्बोडियामा ओलीको लगानी प्रमाणित गर्न एमाले महासचिव पोखरेलको चुनौती

एमालेले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले लगानी प्रमाणित गर्न चुनौती दिँदै प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको छ, त्यसको दोब्बर दिने उल्लेख गरे।
कम्बोडियामा ओलीको लगानी प्रमाणित गर्न एमाले महासचिव पोखरेलको चुनौती

काठमाडौं, मंसिर ७ : कम्बोडियामा प्रधामन्त्री एवं एमाले पार्टी अध्यक्ष केपी ओलीको लगानी प्रमाणित गर्न एमाले महासचिव शंकर पोखरेलले चुनौती दिएका छन्। 

एमालेले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले लगानी प्रमाणित गर्न चुनौती दिँदै प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको छ, त्यसको दोब्बर दिने उल्लेख गरे।

अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको भन्ने आरोपको खण्डन गर्दै उनले एमालेले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने बताए। 

एमालेलाई समाप्त पार्ने प्रयास भइरहेको भन्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउँदै उनले मुलुकलाई समृद्धि र विकासको यात्रामा अगाडि बढाउने अठोटका साथ सभा गरेको बताए।

उनले एमालेसँग जोडिएर गरिने प्रचार भ्रम मात्र भएकाले छानबिन गर्न तयार रहेको बताए । महासचिव पोखरेलले यति, ओम्नी, गिरीबन्धु लगायत प्रकरण एमालेविरुद्ध भ्रम फैलाउने प्रयास मात्र भएको उनले दाबी गरे।

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, मंसिर ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्