Kathmandu Press

भद्रकालीबाट सुरू भयाे एमाले जागरणसभाको र्‍याली

भद्रकालीबाट सुरु भएको र्‍याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ।
भद्रकालीबाट सुरू भयाे एमाले जागरणसभाको र्‍याली

काठमाडौं, मंसिर ७ : नेकपा एमालेको काठमाडौंमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट सुरू भएको छ।

भद्रकालीबाट सुरु भएको र्‍याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ। कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्नेछन्। 

एमाले अध्यक्ष ओली कार्यक्रम स्थलमा दिउँसो १ः३० बजे पुग्ने कार्यक्रम रहेको छ। र्‍यालीको नेतृत्व नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले गरेका छन्।

जागरणसभाको संयोजकको जिम्मेवारी पाएका एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई पार्टी कामको सिलसिलामा देश बाहिर रहेकाले जिम्मेवारी ढुंगेलले सम्हालेका हुन्।

र्‍यालीमा बाजागाजासहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरू सहभागी छन्। एमालेले आजको सभामा एक लाखभन्दा बढीको मानिस उपस्थिति गराउने लक्ष्य लिएको छ।

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, मंसिर ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्