वीरगञ्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते
वीरगन्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको यात्रु बाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकै पर्ने पूर्व-पश्चिम राजमार्ग अन्तरगत रातोपाटे भन्ने स्थानमा दुर्घटना हुँदा भएको हो।
मकवानपुर, मंसिर ७ : मकवानपुरको हेटौंडामा बस दुर्घटना हुँदा १७ जना घाइते भएका भएका छन्।
वीरगञ्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको यात्रु बाहक बस ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकै पर्ने पूर्व-पश्चिम राजमार्ग अन्तरगत रातोपाटे भन्ने स्थानमा दुर्घटना हुँदा भएको हो।
घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ।
मकवानपुर प्रहरीका अनुसार घाईते मध्ये बाराको पर्सैनी गाउँपालिका वडा नम्बर ३ का ९ वर्षकी जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर रहेको छ। उनको टाउकोमा चोट लागेको छ।
घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, मंसिर ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












