Kathmandu Press

दुई किलो सुनसहित रसुवाबाट एक जना पक्राउ

गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी सुनसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएकोे छ।
दुई किलो सुनसहित रसुवाबाट एक जना पक्राउ

काठमाडौं, मंसिर ७ : रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन्।

गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी सुनसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएकोे छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईका अनुसार कालिका तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद गरिएको हो।

यसबारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको डीएसपी भट्टराईले जानकारी दिए। 
 
प्रकाशित मिति: ११:५६ बजे, शुक्रबार, मंसिर ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्