जागरणसभाका लागि एमाले थाल्याे र्याली
जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट ¥याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुने एमालेले जनाएको छ।
काठमाडौं, मंसिर ७ : आज दरबारमार्गमा हुने नेकपा एमालेको जागरणसभाका लागि तयारी पूरा भएको छ।
जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुने एमालेले जनाएको छ।
एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा हुने जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ।
कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको हो।
प्रकाशित मिति: ११:४९ बजे, शुक्रबार, मंसिर ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












