सभामुख घिमिरे आज कम्बोडिया जाँदै
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन(आईपीटीपी) मा सहभागी हुन सभामुख देवराज घिमिरे कम्बोडिया जान लागेका हुन्।
काठमाडौं, मंसिर ७ : सभामुख देवराज घिमिरे आज कम्बोडिया जाने भएका छन्।
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन(आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन्।
सभामुख घिमिरे कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८ गते देखि १० गतेसम्म हुने उक्त सम्मेलनमा सहभागी हुन कम्बोडिया जान लागेका हुन।
उनि उक्त सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: ११:०२ बजे, शुक्रबार, मंसिर ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












