Kathmandu Press

काठमाडौंमा छबिलाल जोशीको बयान सकियो, रवि लामिछानेलाई ल्याउने तयारी

जोशीलाई शुक्रबार पोखरा फिर्ता गर्ने तयारी
काठमाडौंमा छबिलाल जोशीको बयान सकियो, रवि लामिछानेलाई ल्याउने तयारी

काठमाडौं, मंसिर ६ । सहकारी ठगी कसुरमा पक्राउ परी काठमाडौं ल्याइएका गोर्खा मिडियाका पूर्व सञ्चालक छबिलाल जोशीको बयान सकिएको छ।

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्धेश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार साँझ काठमाडौं ल्याइएको थियो।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा भएको बयान बिहीबार सकिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

बयान सकिएसँगै उनलाई पुनः पोखरा फिर्ता गर्ने तयारी गरेको छ।

बयानका क्रममा जोशीले सहकारी बचत अपचलनमा संलग्न रहेको आरोपमा इन्कारी बयान दिएका छन्।

जोशीलाई पोखरा फिर्ता गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ।

काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा  जोशीसँगै कुमार रम्तेल र लामिछानेविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो।

रम्तेलसँग यसअघि नै बयान लिएर प्रहरीले पोखरा फिर्ता गरिसकेको छ।

प्रकाशित मिति: २०:२५ बजे, बिहीबार, मंसिर ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्