इजराइलका प्रधानमन्त्री र पूर्वरक्षामन्त्री विरूद्ध पक्राउ पुर्जी जारी
इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।मंसिर ६ । इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
बिहीबार अन्तर्राष्ट्रिय अदालत आइसिसीले इजराइली प्रधानमन्त्री नेतन्याहूसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
युद्ध अपराधमा संलग्न रहेको आरोपमा आइसिसीले नेतन्याहूसँगै इजराइलकै पूर्वरक्षामन्त्री याओभ गालान्ट र हमास प्रमुख इब्राहिम अल मस्रीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।
उनीहरूविरूद्ध गजामा मानवताविरूद्धको अपराधमा संलग्न भएको र प्यालेस्टाइनका नागरिकको हत्यामा संलग्न भएको आधारहरू रहेकाले पक्राउ पुर्जी जारी गरिएको अदालतले जनाएको छ।
सन् २०२३ को अक्टोबर ७ हमासले इजराइलमाथि आक्रमण गरी १२ सय जनाको हत्या गरेको थियो। त्यसयता इजराइलले लगातार गाजा क्षेत्रमा आक्रमण गर्दै आइरहेको छ।
आइसिसीले हमास नेता अल मस्रीले युद्ध भड्काएको आरोप आइसिसीले लगाएको छ।
आइसिसीले पक्राउ पुर्जी जारी गरेपनि उनीहरूलाई तत्कालै पक्राउ गर्न नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पक्राउ गर्न आइसिसीको आफ्नै प्रहरी छैन। यद्यपि आइसिसीको सदस्य राष्ट्रका प्रहरीले उनलाई पक्राउ गर्न सक्छ। इजराइल आफै भने आइसिसीको सदस्य छैन।