Kathmandu Press

काठमाडौं महानगरको कार्यालय परिसरमा भोलिदेखि निःशुल्क पार्किङ

काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालय काठमाडौं प्लाजा परिसरमा निःशुल्क पार्किङ गर्न दिने भएको छ।
काठमाडौं महानगरको कार्यालय परिसरमा भोलिदेखि निःशुल्क पार्किङ

काठमाडौं, मंसिर ६ । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालय काठमाडौं प्लाजा परिसरमा निःशुल्क पार्किङ गर्न दिने भएको छ।

महानगरका प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले परिसरमा सर्वसाधारणका लागि पार्किङ खुला गरेको जानकारी दिए।

उनका अनुसार कार्यालय समयबाहेकका समयमा मात्रै सर्वसाधारणले पार्किङ गर्न पाउनेछन्। निःशुल्क पार्किङको व्यवस्था शुक्रबारबाट मात्रै कार्यान्वयन हुने उनले बताए।

सर्वसाधारणले कार्यालय समयबाहेक साँझ ५ बजेदेखि राति ११ बजेसम्म निःशुल्क पार्किङ गर्न पाउनेछन्।

‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङ्मा सहजता हुनेछ,' काफ्लेले भने।

उनका अनुसार निःशुल्क पार्किङको सुविधा  दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार पार्किङ् व्यवस्थापन महानगर प्रहरी बलले गर्नेछ।

प्रकाशित मिति: १९:२५ बजे, बिहीबार, मंसिर ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्