काठमाडौंमा भोलि एकैदिन तीन ठाउँमा प्रदर्शन
तीन ठाउँमा प्रदर्शन हुने भएपछि प्रहरीले सुरक्षा योजना पनि सोही अनुसारको बनाएको छ।काठमाडौं, मंसिर ६ । काठमाडौंमा भोलि एकैदिन तीन ठाउँमा प्रदर्शन हुने भएको छ।
काठमाडौंमा एकैसाथ तीन वटा ठाउँमा प्रदर्शन गर्ने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले भोलि दरमारमार्गमा शक्ति प्रदर्शन गर्दैछ। यसलाई एमालेले जागरण सभा भनेको छ।
एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीले संयुक्त रूपमा गर्न लागेको सभा यसअघि भृकुटीमण्डमा गर्ने तय भएको थियो। पछि स्थान परिवर्तन गरी दरबारमार्गमा गर्ने तय गरेको हो।
भोलि नै मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको प्रदर्शन छ।
प्रसाईं सिआइबीको हिरासतमा छन्। त्यसका बाबजुद पनि उनका समर्थकहरूले प्रदर्शन गर्ने तय भएको छ।
प्रसाईं समूहलाई प्रदर्शनका लागि प्रशासनले कोटेश्वरमा अनुमति दिएको छ।
त्यसैगरी सहकारी पीडितहरूको प्रदर्शन माइतीघरमा जारी छ। बुधबार प्रदर्शनकारी र प्रहरीबीच माइतीघरमा झडप नै भएको थियो। उक्त प्रदर्शन बिहीबार पनि जारी रहने आकलन छ।
काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुने भएपछि प्रशासनले सोहीअनुसार सुरक्षा योजना बनाएको छ।
मुख्य सडकहरु प्रभावित हुँदा सवारी जाम बढ्न सक्नेछ। ट्राफिक व्यवस्थापन पनि सोहीअनुसार बनाइएको छ।