Kathmandu Press

भारतीय सेनाध्यक्ष द्विवेदीलाई ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान

नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच द्विवेदीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
भारतीय सेनाध्यक्ष द्विवेदीलाई ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान

काठमाडौं, मंसिर ६ : राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका छन्।

नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच द्विवेदीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आएका थिगए।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, रक्षामन्त्री मानवीर राईलगायतको उपस्थिति थियो। 

नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप सन् १९५० देखि दुवै देशले एक अर्काका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ। 

छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: १५:३६ बजे, बिहीबार, मंसिर ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्