पूर्वराजा ज्ञानेन्द्र शाह भोलि लुम्बिनी जाँदै
लुम्बिनीमा आयोजित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ।
काठमाडौं, ६ मंसिर : पूर्वराजा ज्ञानेन्द्र शाह भोलि लुम्बिनी जाने भएका छन।
लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ।
शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुने कार्यक्रम तय भएको संवाद सचिव डा.फणीराज पाठकले जानकारी दिए।
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा पाँच दिने पूजा सुरू भएको छ। मंसिर ४ गतेदेखि सुरू भएको पूजा ८ गते सकिने जनाईएको छ।
प्रकाशित मिति: १३:२१ बजे, बिहीबार, मंसिर ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












