‘सडक सुधार परियोजना समयमै सम्पन्न गर्नु पर्दछ’
बिहीबार काठमाडौंमा आयोजित प्रादेशिक र स्थानीय सडक सुधार परियोजना शुभारम्भ कार्यशाला र एमओयू हस्ताक्षर समारोहमा मन्त्री सिंहले परियोजना कार्यान्वयन गर्ने पक्षमा तीनै तहका सरकारले जिम्मेदारी बहन गर्नु आवश्यक रहेको बताए।काठमाडौं, मंसिर ६ : उपप्रधानमन्त्री तता शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय, प्रादेशिक र संघीय तीनै तहका सरकारको समन्वयमा प्रादेशिक र स्थानीय सडक सुधार परियोजना समयमा सम्पन्न गर्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित प्रादेशिक र स्थानीय सडक सुधार परियोजना शुभारम्भ कार्यशाला र एमओयू हस्ताक्षर समारोहमा मन्त्री सिंहले परियोजना कार्यान्वयन गर्ने पक्षमा तीनै तहका सरकारले जिम्मेदारी बहन गर्नु आवश्यक रहेको बताए।
‘विकास निर्माणका कामहरु र जनतालाई राहत दिने कुरामा तीन तहकै सरकार मिलेर काम गर्नुपर्छ, वल्ड बैंकको सहायतामा सरकारको लगानीमा परियोजना सुरु भएको छ एमओयू देखि कार्यान्वयन गर्ने पक्षमा तीनै तहका सरकारले जिम्मेदारी बहन गरेर कार्यक्रमलाई समयमा नै पूरा गर्नको लागि ध्यान जानआवश्यक छ,’ उनले भने।
वातावरणमैत्री र प्रकृतीमैत्री प्रविधिको प्रयोग गरेर सडक निर्माण गर्नुपर्ने मन्त्री सिहले बताए।
‘हामीले वातावरणमैत्री, प्रकृतीमैत्री प्रविधिहरुको प्रयोग गरेर सडक निर्माण गर्दा राम्रो हुन्छ, देशको बनावट अनुसार यस्तो कुरामा ध्यान दिनुपर्छ, हतार गरेर मेसिन मात्र प्रयोग गरेर हुँदैन विकास गर्दा त्यसको दिगोपनलाई समेत पनि ध्यान दिनुपर्छ,’ उनले भने।