मन्त्री हेरफेर हुँदैन, डेढ वर्षपछि देउवा प्रधानमन्त्री : गृहमन्त्री लेखक
प्रधानमन्त्रीको चीन भ्रमणको सामान्य छलफलको विषयलाई लिएर वेकामको हल्ला चलाइएको बताउँदै गृहमन्त्री लेखकले कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी भएपनि दुई दलबीच कुनै असमझदारी नरहेको बताए।कैलाली, मंसिर ६ : गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्लामात्र रहेको बताएका छन्।
बिहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतीमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए।
‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म त्यस्तो छलफल भएको छैन, २०८४ सालसम्म यो गठबन्धन कायम रहन्छ,’ उनले भने, ‘अबको १ वर्ष ८ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधननमन्त्री बन्ने छन्।’
प्रधानमन्त्रीको चीन भ्रमणको सामान्य छलफलको विषयलाई लिएर वेकामको हल्ला चलाइएको बताउँदै गृहमन्त्री लेखकले कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी भएपनि दुई दलबीच कुनै असमझदारी नरहेको बताए।
गृहमन्त्री लेखकले नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै बिदेश भ्रमणमा जाने परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने भन्ने बिषय सामान्य रहेको रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ र चीन भ्रमण लगत्तै भारत भ्रमण गर्ने बताए।
सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका गृहमन्त्री लेखकले गोष्ठीमा प्रदेश सुरक्षाको समीक्षा गरिएको र अब नयाँ कार्य योजना सहित शान्ति सुरक्षा कायम हुने बताए ।